सुनौलो तोपचरा नेपाल र भारतको गङ्गा र ब्रह्मपुत्र उपत्यकामा पाइने एक चरा हो। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घका अनुसार विश्वमै दुर्लभ मानिने यो प्रजाति संरक्षणका हिसाबले असुरक्षित अवस्थामा रहेको छ। नेपालको सन्दर्भमा यो अति सङ्कटापन्न अवस्थामा रहेको छ। यसले मे देखि सेप्टेम्बर महिना सम्म प्रजनन गर्ने गर्दछ। [२]
सुनौलो तोपचरा ठुलो नाप र ठोँड भएको हुन्छ । बच्चा कोरल्ने समयको भालेको तल्लो भाग र नितम्ब पहेँलोसाथै छातीमा गाढा टाटा हुन्छन् । बच्चा कोरल्ने समयको पोथीको टाउको फिक्का पहेँलोदेखि पहेँलोपहेँलो खैरो र फिक्का पहेँलो देखी मैलोमैलो सेतो तल्लो भाग । अल्पवयस्क र बच्चा कोर्लने समय बाहिरको वयस्क बच्चा कोरल्ने समय बाहिरको बया तोपचरा जस्तै देखिने ।
सुनौलो तोपचरा नेपाल र भारतमा मात्र पाइने गर्छ । नेपालको सन्दर्भमा यो चरा विशेषत कोशी टप्पु वन्यजन्तु आरक्षमा पाइने गर्छन ।
सुनौलो तोपचराको उपयुक्त वासस्थान तराइका ओसिला जमिन र घाँसेमैदान हो । यो चरा विशेष वर्षामा डुवानमा परेका घाँसेमैदानहरु, छरिएर रहेका रूखहरु यो बस्न रुचाउने स्थान हुन् । समूहमा बस्न रुचाउने यो चराले रुख तथा अग्ला घाँसका डाठहरुमा गूँड लगाउँछ ।
सुनौलो तोपचरा नेपाल र भारतको गङ्गा र ब्रह्मपुत्र उपत्यकामा पाइने एक चरा हो। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घका अनुसार विश्वमै दुर्लभ मानिने यो प्रजाति संरक्षणका हिसाबले असुरक्षित अवस्थामा रहेको छ। नेपालको सन्दर्भमा यो अति सङ्कटापन्न अवस्थामा रहेको छ। यसले मे देखि सेप्टेम्बर महिना सम्म प्रजनन गर्ने गर्दछ।