केतुके अर्थात क्यातुके वा हात्तीबार लाई अङ्ग्रेजीमा सेन्चुरी प्लान्ट (century plant) वा अमेरिकन अलो (American aloe) भनेर चिनिन्छ । केतुके एक किसिमको काँडादार वनस्पति हो। यसका ठूलठूला काँडादार पात हुन्छन् । हात्तीलाई समेत छेक्न सक्ने भएकाले यसलाई हात्तीबार भनिएको हो । कतै कतै यसलाई केतु र केतुकी पनि भनिएको सुनिन्छ । यसको पातलाई ढुङ्गामा चुटेर पानिमा गलायो भने बलियो रेशा निस्किन्छ । त्यो रेशा विभिन्न काममा प्रयोग हुन्छ ।
यो बोट रोपेको १५ वर्षसम्म सजिलै रहने गर्दछ । रूख सानो, पात धेरै र ठूला हुने अनि धेरै टाढा टाढासम्म यसका जरा फैलने र जरा औषधीमा समेत प्रयोग हुने भएकाले पनि यो धेरै उपयोगी मानिन्छ । २ सय ५० देखि ७ हजार ५ सय मिलिलिटरसम्म वर्षा हुने स्थानमा खेती नै गर्न सकिने केतुकेको जरा सेवन गर्दा रोकिएको दिशा, पिसाब खुल्ने, महिलाहरूको महिनाबारी नियमित हुने र छिनछिनमा बेहोस हुने खालका रोगहरू निको हुने विस्वास गरिन्छ । [२]
केतुके अर्थात क्यातुके वा हात्तीबार लाई अङ्ग्रेजीमा सेन्चुरी प्लान्ट (century plant) वा अमेरिकन अलो (American aloe) भनेर चिनिन्छ । केतुके एक किसिमको काँडादार वनस्पति हो। यसका ठूलठूला काँडादार पात हुन्छन् । हात्तीलाई समेत छेक्न सक्ने भएकाले यसलाई हात्तीबार भनिएको हो । कतै कतै यसलाई केतु र केतुकी पनि भनिएको सुनिन्छ । यसको पातलाई ढुङ्गामा चुटेर पानिमा गलायो भने बलियो रेशा निस्किन्छ । त्यो रेशा विभिन्न काममा प्रयोग हुन्छ ।
यो बोट रोपेको १५ वर्षसम्म सजिलै रहने गर्दछ । रूख सानो, पात धेरै र ठूला हुने अनि धेरै टाढा टाढासम्म यसका जरा फैलने र जरा औषधीमा समेत प्रयोग हुने भएकाले पनि यो धेरै उपयोगी मानिन्छ । २ सय ५० देखि ७ हजार ५ सय मिलिलिटरसम्म वर्षा हुने स्थानमा खेती नै गर्न सकिने केतुकेको जरा सेवन गर्दा रोकिएको दिशा, पिसाब खुल्ने, महिलाहरूको महिनाबारी नियमित हुने र छिनछिनमा बेहोस हुने खालका रोगहरू निको हुने विस्वास गरिन्छ ।
Agave americana in bloom in Portugal. The flower stalk may reach up to 8 meters (28 feet) in height. सजावटका लागि रोपिएको केतुके