dcsimg

बिजयसाल ( Nepali )

provided by wikipedia emerging languages

विजयसाल औषधीय गुण भएको रूख वर्गमा पर्ने वनस्पति हो । विजयसालको ठेकीमा राखेको केही घण्टापछि पानी निलो बन्छ। बेलुका पानी राखेर विहान नियमित पिउने गरे पेट र मुटु सम्बन्धी रोग निको हुने विश्वास गरिन्छ । नेपालको सुदुरपश्चिम क्षेत्रमा मात्र विजयसाल पाइन्छ। वैज्ञानिक नाम ‘टेरोकार्पस मार्सुपियम' (Pterocarpus marsupium)रहेको विजयसाललाई विकसित मुलुकमा समेत आयुर्वेदिक औषधीकोरूपमा प्रयोग गरिन्छ ।

विजयसालको औषधीय गुणहरू

मधुमेह, कुष्ठरोग र चर्मरोग, जीउमा सेतो दाग र रातो, गहिरो घाउ आएमा, पिसावका रोग, आँखाको संक्रमण, हात्तीपाइले रोग, पखाला, ग्याष्ट्रिकको कारणले मुटु पोल्ने, रक्त विकार जस्ता रोगका उपचार गर्न तथा रगत बग्ने रोक्न, दुखाई कम गर्न र पेटमा जुका परेमा यसको चूर काठलाई पानीमा रातभरी भिजाउँदा प्राप्त हुने पानी वा चूर काठको धूलो सेवन गरिन्छ । दाँत दुख्दा यसको बोक्रा दलिन्छ । फोडा–फुन्सी, घाउ र चर्मरोगमा यसको पातको रस दलिन्छ ।[२]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. World Conservation Monitoring Centre (1998). Pterocarpus marsupium. 2006 IUCN Red List of Threatened Species. IUCN 2006. Retrieved on 11 May 2006. Listed as Vulnerable (VU A1cd v2.3)
  2. नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरुको औषधीय प्रयोग र महत्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री

बाह्य लिङ्कहरू

license
cc-by-sa-3.0
copyright
विकिपेडिया लेखक र सम्पादकहरू

बिजयसाल: Brief Summary ( Nepali )