dcsimg

सिपराजा बुङ्गेचरा ( Nepalês )

fornecido por wikipedia emerging languages

सिपराजा बुङ्गेचरा नेपालमा पाइने बुङ्गेचराको एक प्रजाति हो। यो चरा आफ्नो साना पंखेटाको मद्द्दतले छिटो र सिधा उड्ने गर्छ। यसलाई अङ्ग्रेजीमा क्रिम्सन सनबर्ड (Crimson Sunbird) भनिन्छ ।

सिपराजा बुङ्गेचरा सिंगापुरको अनाधिकारिक राष्ट्रिय चरा हो।[२]

विबरण

सिपराजा बुङ्गेचराको लम्बाई ११ सेन्टिमिटर हुन्छ। वयस्क भालेको क्रिमसन रङ्गको छाती र पछाडी मरून रङ्गको हुन्छ। यसको चाक पहेंलो र पेट जैतून रङ्गको हुन्छ। पोथी सिपराजा बुङ्गेचराको ढाड जैतून-हरियो रङ्गको, छाती पहेंलो र प्वाँखहरूमा सेतो छिर्का हुन्छ। अधिकतम स्थानहरूमा भाले सिपराजा बुङ्गेचराको पुच्छर लामो र हरियो-निलो मिश्रीत रङ्गको हुन्छ।

वितरण तथा वासस्थान

सिपराजा बुङ्गेचरा नेपाल लगायत दक्षिण तथा दक्षिणपूर्वी एसियामा भारत, बङ्गलादेश, म्यानमार देखि इण्डोनेसियासम्म पाइने गर्छ। यसले रूखम बनाएको गुँडमा दुई देखि तिनवटा अण्डा पार्ने गर्छ। यो चरा सामान्य जङ्गल तथा खेतीयोग्य क्षेत्रहरूको नजिकमा बस्ने गर्छ।

तस्वीर संग्रह

सन्दर्भ सामग्रीहरू

  1. BirdLife International (२०१२), "Aethopyga siparaja", अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची संस्करण 2012.1, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ, अन्तिम पहुँच १६ जुलाई २०१२
  2. Ng, Peter K. L., सं (2011). "Sunbird". Singapore Biodiversity: An Encyclopedia of the Natural Environment and Sustainable Development. Editions Didier Millet. pp. 472. . https://books.google.com/books?id=D1oW0EquxDAC. अन्तिम पहुँच मिति: 2014-11-26.

बाह्य लिङ्कहरू

licença
cc-by-sa-3.0
direitos autorais
विकिपेडिया लेखक र सम्पादकहरू
original
visite a fonte
site do parceiro
wikipedia emerging languages

सिपराजा बुङ्गेचरा: Brief Summary ( Nepalês )

fornecido por wikipedia emerging languages

सिपराजा बुङ्गेचरा नेपालमा पाइने बुङ्गेचराको एक प्रजाति हो। यो चरा आफ्नो साना पंखेटाको मद्द्दतले छिटो र सिधा उड्ने गर्छ। यसलाई अङ्ग्रेजीमा क्रिम्सन सनबर्ड (Crimson Sunbird) भनिन्छ ।

सिपराजा बुङ्गेचरा सिंगापुरको अनाधिकारिक राष्ट्रिय चरा हो।

licença
cc-by-sa-3.0
direitos autorais
विकिपेडिया लेखक र सम्पादकहरू
original
visite a fonte
site do parceiro
wikipedia emerging languages