dcsimg

सानो खैरो गिद्ध ( Nepali )

provided by wikipedia emerging languages

सानो खैरो गिद्ध नेपाल लगायत दक्षिणपूर्वी एसियाको भूभागमा पाइने गिद्धको प्रजाति हो। यसलाई अङ्ग्रेजीमा स्लेन्डर-बिल्ड भल्चर (Slender-billed Vulture) भनिन्छ ।

विबरण

वयस्क सानो खैरो गिद्धको फिक्का बलौटेखैरो शरीर र माथिल्लो पङ्खढकनी, टाउको र घाँटी कालो, सेतो भुवादार प्वाँखका झुप्पा, पातलो कालो कालो ठोँड र गुलाफीगुलाफी ठोँढधुरी भएको नासिकाझिलली र तल्लो भागमा फिक्का ठाडा धर्काहरू नभएको हुन्छ। यसको उडानमा खैरो गिद्धाको जस्तो पखेटाको तल्लो भागको मध्यढकनी वारपार चेडा सेतो सेतो पेटी नभएको र नितम्ब तथा ढाड सेतो हुन्छ। यो गिद्ध हिमाली गिद्धभन्दा धेरै सानो कम गठिलो हुन्छ। बच्चा सानो खैरो गिद्धको घाँटीको फेदमा मैलो भुवादर प्वाँखगुच्छा भएको, बच्चा खैरो गिद्धको भन्दा बढी कालो टाउको तथा घाँटी, गाढा खैरो माथिल्लो भाग जसमा प्रष्ट चिनिने फिक्का ठाडा धर्काहरू तथा फिक्का र केही कैलाकैला तल्ला भागहरू साथै सपष्ट फिक्का ठाडा धर्काहरू जसमा फिकका देखिने ठाडा धर्काहरू हुन्छन्।

वितरण तथा वासस्थान

सानो खैरो गिद्ध नेपाल लगायत भारतको हिमाचल प्रदेश, उत्तरी उडिसा तथा पूर्वमा आसाम उत्तरी तथा मध्य बङ्गलादेश, बर्मा तथा कम्बोडियामा पाइने गर्छ। यो प्रजाति सामन्यतया ३५० मिटर तल तथा गृष्म मौसममा १५२५ मिटर सम्मको उचाईमा पाइने गर्छ। यो चरा मानवबस्ती वरपर बसोबास गर्ने गर्छ।

स्थिति तथा संरक्षण

हालका वर्षहरूमा यस प्रजातिको सङ्ख्यामा ठूलो गिरावट आएको छ। यस प्रजाति र भारतीय गिद्धको जनसङ्ख्यामा समग्रमा ९७% ले गिरावट आएको छ र भारतमा दुबै प्रजातिका लागि वार्षिक गिरावट दर सन् २०००-२००७ को बीचमा १६% भन्दा बढी छ। यसको जनसङ्ख्या उत्तरी र पूर्वी भारतबाट दक्षिणी नेपालबङ्गलादेश हुँदै र बर्मा सम्म थोरै जनसङ्ख्याको साथ रहेको पाइन्छ। दक्षिण पूर्व एसियामा यसको एक मात्र प्रजनन उपनिवेश कम्बोडियाको ष्टेयुङ ट्रेङ्ग प्रान्तमा रहेको छ।

सन्दर्भ सामग्रीहरू

  1. IUCN redlist.
  2. Gray GR (1944) The Genera of Birds. volume 1:6
  3. Hume A O (1878) Stray Feathers 7:326
  4. Deignan, HG (१९४६), "The correct names of three Asiatic birds." (PDF), Ibis 88: 402–403।
  5. Baker, ECS (1927) Bull. Brit. Orn. Club 47:151
  6. Rand, AL & RL Fleming (१९५७), "Birds from Nepal", Fieldiana: Zoology 41 (1): ५५।

बाह्य लिङ्कहरू

license
cc-by-sa-3.0
copyright
विकिपेडिया लेखक र सम्पादकहरू

सानो खैरो गिद्ध: Brief Summary ( Nepali )

provided by wikipedia emerging languages

सानो खैरो गिद्ध नेपाल लगायत दक्षिणपूर्वी एसियाको भूभागमा पाइने गिद्धको प्रजाति हो। यसलाई अङ्ग्रेजीमा स्लेन्डर-बिल्ड भल्चर (Slender-billed Vulture) भनिन्छ ।

license
cc-by-sa-3.0
copyright
विकिपेडिया लेखक र सम्पादकहरू