नीलगिरी लङ्गुर पुर्वजगतको बाँदरको एक प्रजाति हो जुन दक्षिण भारत स्थित पश्चिमी घाटको नीलगिरी पहाडमा बसोबास गर्छन्। यस प्रजातिको लङ्गुरको बासिन्दा दायरामा कर्नाटकको कोडागु, तमिलनाडुको कोडार पहाड, केरला तथा तमिलनाडुका अन्य धेरै पहाडी क्षेत्रहरू समावेश छन्। यस प्रजातिको लङ्गुरको काल तथा बाक्लो भुत्लाहरू हुन्छन् भने यसको टाउकोको भागमा सुनौलो खैरो रङ्गको भुत्ला हुन्छ। यस प्रजातिको लङ्गुर र खैरो लङ्गुरको शरीरको आकार तथा पुच्छरको लम्बाई लगभग बराबर हुन्छ। यस प्रजातिको लङ्गुरको पोथी जातिको साँप्राको भित्री भागको भुल्लाको रङ्ग हल्का सेतो रङ्गको हुन्छ। यस प्रजातिको लङ्गुर मुख्यतया समूहमा बस्ने गर्दछ भने एक समूहमा ९ देखि १० लङ्गुरहरू हुन्छ। यस प्रजातिको लङ्गुरले फलफूल, तथा रूखका पातहरू खाने गर्दछन्। यस प्रजातिको लङ्गुरलाई यसको भुत्ला तथा मासुका लागि मारिने भएकाले यी प्रजातिहरू यसको बासस्थान क्षेत्रमा पनि कम मात्रामा भेटिन्छन्। यस प्रजातिको लङ्गुरलाई सङ्कटापन्न बन्यजन्तुको सूचीमा सूचीकृत गरिएको छ। डिएनए र अन्य प्रमाणहरूले यो सुझाव दिन्छ कि नीलगिरि लङ्गुर र बैजनी रङ्गको लङ्गुर खैरो लङ्गुरसँग सम्बन्धित छ जसलाई एकै वर्णमा वर्गीकरण गरिएको छ।[३]
नीलगिरी लङ्गुर एक प्रजातिको कालो लङ्गुर हो जसको एक वयस्क भाले लङ्गुरको टाउको देखि पुच्छरको माथिल्लो भाग सम्मको लम्बाई ७८ देखि ८० सेमी हुन्छ भने पोथी वयस्क लङ्गुरको मात्र शरीरको लम्बाई ५८ देखि ६० सेमी हुन्छ। यस प्रजातिको लङ्गुरको टाउको देखि पुच्छरको कुल लम्बाई ६८.५ देखि ९७.५ सेमी हुन्छ। यस प्रजातिको एक वयस्क भालेको अौसत तौल ९.१ देखि १४.८ किलोग्राम तथा एक वयस्क पोथीको अोसत तौल १०.९ देखि १२ किलोमिटर सम्म हुन्छ। नीलगिरी लङ्गुर मुख्यतया रूखमानै बस्ने भएकाले यी प्राणीहरू विरलै जमिनमा अोर्लिन्छन्। यस प्रजातिको लङ्गुरको जीवनकाल २९ वर्षको हुन्छ।[४][५][६][७][८][९]
नीलगिरी लङ्गुरको बासस्थान दायरामा मानव जातिको आवतजावत तथा यस लङ्गुरको भुत्ला तथा मासुका लागि गरिएको अवैध चोरी सिकारीका कारण यस प्रजातिको लङ्गुरको सङ्ख्यामा ह्रास आएको छ। यस प्रजातिको लङ्गुरलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ द्वारा सङ्कटापन्न बन्यजन्तुको रूपमा सूचीकृत गरिएको छ भने यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीमा पनि सूचीकृत गरिएको छ। यद्यपि यी लङ्गुरहरू निकट भविष्यमा लोप हुन सक्ने खतरामा रहेका छन्।
नीलगिरी लङ्गुर पुर्वजगतको बाँदरको एक प्रजाति हो जुन दक्षिण भारत स्थित पश्चिमी घाटको नीलगिरी पहाडमा बसोबास गर्छन्। यस प्रजातिको लङ्गुरको बासिन्दा दायरामा कर्नाटकको कोडागु, तमिलनाडुको कोडार पहाड, केरला तथा तमिलनाडुका अन्य धेरै पहाडी क्षेत्रहरू समावेश छन्। यस प्रजातिको लङ्गुरको काल तथा बाक्लो भुत्लाहरू हुन्छन् भने यसको टाउकोको भागमा सुनौलो खैरो रङ्गको भुत्ला हुन्छ। यस प्रजातिको लङ्गुर र खैरो लङ्गुरको शरीरको आकार तथा पुच्छरको लम्बाई लगभग बराबर हुन्छ। यस प्रजातिको लङ्गुरको पोथी जातिको साँप्राको भित्री भागको भुल्लाको रङ्ग हल्का सेतो रङ्गको हुन्छ। यस प्रजातिको लङ्गुर मुख्यतया समूहमा बस्ने गर्दछ भने एक समूहमा ९ देखि १० लङ्गुरहरू हुन्छ। यस प्रजातिको लङ्गुरले फलफूल, तथा रूखका पातहरू खाने गर्दछन्। यस प्रजातिको लङ्गुरलाई यसको भुत्ला तथा मासुका लागि मारिने भएकाले यी प्रजातिहरू यसको बासस्थान क्षेत्रमा पनि कम मात्रामा भेटिन्छन्। यस प्रजातिको लङ्गुरलाई सङ्कटापन्न बन्यजन्तुको सूचीमा सूचीकृत गरिएको छ। डिएनए र अन्य प्रमाणहरूले यो सुझाव दिन्छ कि नीलगिरि लङ्गुर र बैजनी रङ्गको लङ्गुर खैरो लङ्गुरसँग सम्बन्धित छ जसलाई एकै वर्णमा वर्गीकरण गरिएको छ।