dcsimg

पहेँलो विशाल लोखर्के ( Nepalês )

fornecido por wikipedia emerging languages

पहेँलो विशाल लोखर्के लोखर्के प्रजातिमा पर्ने एक ठूलो आकारको लोखर्के हो। यस लोखर्केको आकार अन्य प्रजातिका लोखर्के भन्दा ठूलो र लामो पुच्छर हुन्छ। यस प्रजातिका लोखर्केहरू ब्रुनाई, इण्डोनेसिया, मलेसिया र थाइल्याण्डमा भेटिन्छन् भने यी प्रजातिहरू सिङ्गापुरबाट लोप हुने खतरामा रहेका छन्।

शारीरिक विवरण

पहेँलो विशाल लोखर्के विश्वको सबैभन्दा ठूलो लोखर्केको प्रजाति मध्ये एक हो। एक वयस्क पहेँलो विशाल लोखर्केको टाउको र शरीको लम्बाई ३२२ देखि ३५० मिलिमिटर (१२.७ देखि १३.८ इञ्च) हुन्छ भने यसको पुच्छरको कुल लम्बाई ३७३ देखि ४३८ मिलि(१४.७ देखि १७.२ इञ्च) लामो हुन्छ। यस प्रजातिको लोखर्केको शरीरको कुल लम्बाई ५९६ देखि ७८८ मिलिमिटर (२७.४ देखि ३१.० इञ्च) हुन्छ। पहेँलो विशाल लोखर्केको एक वयस्कको कुल तौल ९२९ देखि १,५७५ ग्राम (२.०४८ देखि ३.४७२ पाउण्ड) हुन्छ। लामो शरीरको लम्बाई सहित यसको शरीरको रङ्ग हल्का कालो र छिर्केमिर्के पहेँलो हुन्छ जसकारण यसलाई पहेँलो विशाल लोखर्के भनिएको हो। यस प्रजातिको लोखर्के यसको शरीरको आकर्षक रङ्ग र आकारका कारण अन्य लोखर्केबाट यो सहजै छुट्टिन्छ। यस प्रजातिको लोखर्केको पछाडिको भाग र शरीरको रङ्ग कहीँकतै खैरो देखि खरानी रङ्गको हुन्छ भने यसको कान छोटो र गोलो आकारको हुन्छ।

बासस्थान

पहेँलो विशाल लोखर्के एकमात्र यस्तो लोखर्के हो जसको बासस्थान क्षेत्र इण्डोनेसियाको बोर्नियोमा कालो विशाल लोखर्केको क्षेत्रमा पर्दछ। यो एक स्तनधारी प्रजाति हो जुन मलेसियाको पेराक राज्यको मल्याण्ड प्रायद्वीपमा रहेको बेलम-टेमेन्गोर जङ्गलमा संरक्षण गरिएको पाइन्छ। पहेँलो विशाल लोखर्केले यसको गुँड तल्लो पर्वतीय परिस्थितिकी र माध्यमिक जङ्गलहरूमा बनाउँदछ। यो बिरलै रूखहरू जमिनमा वा बस्तीमा प्रवेश गर्दछ भने यसले जङ्गललाई प्राथमिकता दिन्छ। यद्यपि यो लोखर्के मुख्यतया जङ्गलको माथिल्लो भूभागमा बसोबास गर्दछ। यसले कहिलेकाँही लोखर्केको सानो प्रजातिको सिकार गर्न वा रूखहरूको खाली ठाउँ पार गर्न जमिनमा आउँदछ।

व्यवहार

यस प्रजातिको लोखर्के दिउँसोको समयमा सक्रिय हुन्छ जतिबेला यसले सिकार गर्ने गर्दछ भने रातको समयमा यो निस्क्रिय रहन्छ। यी प्रजातिहरू प्राय साकाहारी हुन्छन्। पहेँलो विशाल लोखर्के एक रूखमा बस्ने प्रजाति हो जसले विरलै रूख छाड्छ। यस प्रजातिले ठूलो सल्लाको रूखमा गुँड बनाउने गर्दछ भने यी प्रजातिका गुँड प्राय जमिनको सतहबाट अग्लो स्थानमा निर्माण हुन्छ। यस प्रजातिको लोखर्केले खतराको महसुुस भयो भने चर्के आवाज निकाल्ने गर्दछ जुन टाढा सम्म पनि सुन्न सकिन्छ। यस प्रजातिको लोखर्केले रूखमा प्वाल पारि बस्ने गर्दछ भने प्रजनन मौसमको आगमनसँगै यसले गुँडलाई फराकिलो बनाउँछ जुन रूखको हाँगामा बनाइन्छ। भर्खरै जन्मिएका लोखर्केहरूको गुँडमानै सिहार सुसार गरिन्छ। यस प्रजातिका लोखर्केहरू कहिलेकाही जमिनमा आहाराका लागि पनि आउने गरेका छन्। यस प्रजातिको जनावरले प्राय फलफूल, बदाम र रूखको बोक्रा खाने गर्छन्। यस प्रजातिका केही उपप्रजातिले भने कीरा र चराको अण्डा पनि खाने गरेको पाइएको छ। अन्य प्रजातिका लोखर्के जस्तै पहेँलो विशाल लोखर्के पनि ठाडो भएर उभिन सक्दैन।

सन्दर्भ सामग्री

  1. {{{assessors}}} (2008). Ratufa affinis. In: IUCN 2008. IUCN Red List of Threatened Species. Downloaded on 6 January 2009.

बाह्य सूत्रहरू

licença
cc-by-sa-3.0
direitos autorais
विकिपेडिया लेखक र सम्पादकहरू
original
visite a fonte
site do parceiro
wikipedia emerging languages

पहेँलो विशाल लोखर्के: Brief Summary ( Nepalês )

fornecido por wikipedia emerging languages

पहेँलो विशाल लोखर्के लोखर्के प्रजातिमा पर्ने एक ठूलो आकारको लोखर्के हो। यस लोखर्केको आकार अन्य प्रजातिका लोखर्के भन्दा ठूलो र लामो पुच्छर हुन्छ। यस प्रजातिका लोखर्केहरू ब्रुनाई, इण्डोनेसिया, मलेसिया र थाइल्याण्डमा भेटिन्छन् भने यी प्रजातिहरू सिङ्गापुरबाट लोप हुने खतरामा रहेका छन्।

licença
cc-by-sa-3.0
direitos autorais
विकिपेडिया लेखक र सम्पादकहरू
original
visite a fonte
site do parceiro
wikipedia emerging languages